एउटी आमाको आँसु र मुस्कान
“छ वर्षसम्म हाम्रो घरमा केवल झगडा, आँसु र डरलाग्दो मौनता थियो। जब मेरो छोरा आशा फाउन्डेसन गयो, त्यहाँका सरहरूले उसलाई मात्र होइन, मलाई पनि पारिवारिक परामर्शमा राख्नुभयो। उहाँहरूले मलाई छोरालाई दोष दिन छोडेर उपचारमा साथ दिन सिकाउनुभयो। आज हाम्रो घरमा फेरि हाँसो गुञ्जिएको छ।”